आर्कटिक ओपनको मध्यमले फर्म हासिल गर्ने सिन्धू र सेनको लक्ष्य

IMG-20241007-WA0226

वन्ता (फिनल्याण्ड): पेरिस ओलम्पिकमा पदक जित्न असफल रहने भारतका स्टार खेलाड़ी पीभी सिन्धू र लक्ष्य सेन मंगलवारदेखि शुरु हुने आर्कटिक ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको साथ अन्तर्राष्ट्रिय स्तरमा फर्किनेछन्। ओलम्पिकपछि यी दुईजनाको यो पहिलो टुर्नामेण्ट हुनेछ। यी दुईजनाले यस टुर्नामेण्टको माध्यमले आफ्नो खेलको मूल्यांकन गर्नको साथै त्यसमा आवश्यक सुधार गर्नमा ध्यान दिनु पर्नेछ। ओलम्पिकमा दुईपल्टकी पदक विजेता सिन्धूले पहिलो म्याच जिते दोस्रो राउण्डमा २०२२-की जूनियर वर्ल्ड च्याम्पियन १८ वर्षीय जापानी खेलाड़ी टोमाको मियाजाकीसँग भिड़न्त हुनसक्छ। यस खेलाड़ीविरुद्ध सिन्धू यस सालको शुरुवातमा स्विस ओपनमा पराजित भएकी थिइन्। यसरी लक्ष्यले गेम्केसँग बद्ला लिने मौका पाएका छन्। उनी २०२३-को इण्डिया ओपनमा गेम्केविरुद्ध पराजित भएका थिए। पहिलो राउण्डमा जीत हासिल गर्न सफल भए दोस्रो राउण्डमा लक्ष्यको भिड़न्त चाइनीज ताइपेका सातौं वरीयता प्राप्त चोउ टीएन चेनसँग हुनसक्छ।
चोटले गर्दा ४ महिनासम्म खेलबाट बाहिर रहेपछि मकाउ ओपनको साथ खेलमा फर्किने किदाम्बी श्रीकान्तले पनि आर्कटिक ओपनमा चुनौती पेश गर्नेछन्। उनले आफ्नै देशका किरण जर्ज र सतीश कुमार करुणाकरणको साथ क्वालीफायरबाट आफ्नो अभियान अघि बढ़ाउनेछन्। क्वालीफायरमा विश्वका पूर्व नम्बर एक खेलाड़ी श्रीकान्तको भिड़न्त जर्जसँग हुनेछ जबकि सतीशले फ्रान्सका अरनाड मर्कलेको चुनौती स्वीकार्नेछन्। महिला एकलमा सिन्धूको साथमा फर्ममा रहने मालविका बन्सोड़ र आकर्षी कश्यपले पनि आफ्नो चुनौती पेश गर्नेछिन्। चीन ओपन १०००-को क्वार्टर फाइनलमा पुग्ने मालविकाले पहिलो राउण्डमा चाइनीज ताइपेकी सुंग शुओ युनविरुद्ध खेल्नेछिन्। यसरी आकर्षीको भिड़न्त जर्मनीकी यवोन ली-सँग हुनेछ। यसरी भारतका अन्य एक खेलाड़ी उन्नति हुडाले क्वालीफायरमा इज्रायलकी हेली नीमनको चुनौती स्वीकार्नेछिन्। पुरुष युगलमा भारतका कुनै खेलाड़ीले हिस्सा लिएका छैनन्। यसरी महिला युगलमा चाहिँ रितुपर्णा पाण्डा र स्वेतापर्णा पाण्डाले चुनौती पेश गर्नेछिन्। यसरी सतीश र आद्या वरियाथले मिश्रित युगलमा हिस्सा लिनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement