नयाँ दिल्ली: प्रसिद्ध उद्योगपति तथा टाटा समूहका पूर्व अध्यक्ष रतन टाटा अस्पताल भर्ना भएको समाचार आएको छ। यद्यपी उनले यी समाचारलाई झुटो भन्दै आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चिन्ता लिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। रतन टाटाले आफूलाई कुनै गम्भीर रोगका कारण अस्पताल भर्ना नगरिएको बताए। उनले आफ्नो स्वास्थ्य स्थिर रहेको बताउँदै सबैलाई सन्चो रहेको बताए। हालै सामाजिक सञ्जालमा रतन टाटाको स्वास्थ्य अवस्थालाई लिएर धेरै हल्ला फैलिएको थियो। यस्ता हल्लाका बीचमा उनी आफै अगाडि आएर जनतामा भ्रम नहोस् भनेर आफ्नो अडान प्रष्ट पारेका छन्। रतन टाटाको स्वास्थ्यलाई लिएर चिन्ता लिनु पर्दैन। उनको भनाइले उनको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका उनका प्रशंसकहरू र अनुयायीहरुलाई राहत मिलेको छ।









