जीपीयुको कार्यक्षेत्र भित्रका पसलहरूको निरीक्षण

00-1-Shop-inspection-Temi-Sikkim

नाम्ची: बर्मेक–टोकल जीपीयुको ग्राम पञ्चायतले जीपीयुको कार्यक्षेत्र भित्रका सबै पसलहरूको निरीक्षण गरेको टिमी बीडीओ कार्यालयको एक प्रेस विज्ञप्तिमा बताएको छ। पञ्चायत अध्यक्षको नेतृत्वमा अन्य पञ्चायत सदस्य र कर्मचारीहरुको साथमा निरीक्षण गरिएको थियो। निरीक्षणको मुख्य उद्देश्य पसलहरूको लाइसेन्स र अन्य आवश्यक कागजपत्रहरू प्रमाणित गर्नु थियो। यसका साथै, उचित फोहोर व्यवस्थापन अभ्यासहरू पालना गर्नमा जोड दिँदै फोहोर छुट्याउने र व्यवस्थापनको महत्त्वबारे पसलेहरूलाई सचेत गराइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement