मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा प्रेरणा स्थलको भ्रमण

00-1-Prerna-Sthal-2

आउँदो हप्ता रक्षामन्त्रीले उद्घाटन गर्ने

पाक्योङ: मुख्यमन्त्री प्रेमसिंह तामाङले सन् २०२३ को विनाशकारी बाढीमा ज्यान गुमाउने वीर योद्धाहरूको सम्झनामा स्थापना गरिएको प्रेरणा स्थल मेमोरियल साइटको भ्रमण गरेका छन्। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरको निर्देशनमा बनाइएको हो। यो स्मारक आउँदो हप्ता देशका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गर्नेछन्।

यसले ज्यान गुमाएकाहरूको सम्झनाको रूपमा मात्र काम गर्दैन तर देशका सैनिकहरूको निस्वार्थ सेवा र समर्पणको चिरस्थायी प्रतीकको रूपमा स्मरण गराउँदछ अनि भविष्यमा प्रेरणाको रुपमा रहनेछ। भ्रमणका क्रममा मुख्यमन्त्रीसँग भारतीय सेना र राज्य सरकारका मन्त्री, विधायक र वरिष्ठ अधिकारीहरु सहभागी थिए।

स्मारकले दिवंगतहरूको सम्मानको सबैभन्दा ठूलो मापदण्डलाई कायम राख्छ भन्ने सुनिश्चित गर्न मुख्यमन्त्री र उनका टोलीले संयुक्त रूपमा व्यवस्थाको विस्तृत निरीक्षण गरे। उनले यस पहललाई वास्तविकता बनाउन भारतीय सेनाको समर्पणको प्रशंसा गरे।  मुख्यमन्त्रीले भने, ‘यस प्रशंसनीय कार्यमा उनीहरूको प्रतिबद्धताले राष्ट्र सेवाको उच्चतम स्तरको उदाहरण दिन्छ।‘ मुख्यमन्त्रीले रक्षामन्त्रीको भ्रमणलाई साँच्चै नै स्मरणीय बनाउन यस महत्वपूर्ण कार्यक्रममा सहभागी हुन सबै नागरिकलाई आग्रह गरेका छन्। -आईपीआर

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement