खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा गत २१ सेप्टेम्बरदेखि खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको अण्डर १४ बोइस लिग् कम नक आउट फुटबल टुर्नामेन्ट अनि जिल्ला स्तरीय गर्ल्स नक आउट फुटबल टुर्नामेन्टको फाइनल खेल खरसाङको डब्ल्युबीएनभीएफसी खेल मैदानमा सम्पन्न भएको छ। उक्त फाइनल खेल अन्तर्गत हिल फुटबल एकाडेमीको अण्डर १४ टिमले लगातार चौथोपल्ट अण्डर १४ बोइस लिग् कम नकआउट फुटबल टुर्नामेन्टको उपाधि जित्न सफल भएको छ। अण्डर १४ बोइस लिग् कम नक आउट फुटबल टुर्नामेन्टको फाइनल खेल हिल फुटबल एकाडेमी अनि मकैबारीमाझ सम्पन्न भएको थियो। यस फाईनल खेलमा हिल फुटबल एकाडेमीको तर्फबाट जर्सी नम्बर १० निवङ बलले दुई गोल गरेका थिए भने मकैबारीको तर्फबाट जर्सी नम्बर ९ छेवाङ तामाङले एक गोल गरेका थिए। फाईनल खेलमा हिल फुटबल अकादमीले मकैबारीलाई 1 को विरुद्ध २ गोल गरेर फाइनल खेल जित्दै २०२० देखि लगातार रूपमा चौथोपल्ट उपाधि जित्न सफल भएका छन्। यस फाईनल खेलमा टुर्नामेन्टभरि सर्वाधिक गोलदाताको रूपमा हिल फुटबल एकाडेमीको जर्सी नम्बर १० निवाङ बललाई चयन गरिएको छ भने बेस्ट प्लेयरको रूपमा मकैबारीको गोल किपर अर्नब विश्वकर्मलाई चयन गरिएको छ। त्यसरी नै प्लेयर अफ् द टुर्नामेन्टको उपाधि मकैबारीको जर्सी नम्बर ९ छेवाङ तामाङलाई चयन गरिएको छ। त्यसरी नै टुर्नामेन्टभरि बेस्ट गोल किपर टके उपाधि उमङ ७ अम्बटेका गोल किपर अभियान छेत्रीलाई र टुर्नामेन्टमा बेस्ट इमर्जिङ टिमको रूपमा जेआर ३२ ब्लुलाई चयन गरिएको छ। त्यसरी नै जिल्ला स्तरीय गर्ल्स फुटबल टुर्नामेन्टको फाइनल खेल कालेबुङ फुटबल गर्ल्स र हिल फुटबल एकाडेमी गर्ल्समाझ सम्पन्न भएको थियो। जसमा कालेबुङले १-० को अन्तरले खेल जितेर च्याम्पियन बनेको छ। यस फुटबल फाइनल खेलमा मुख्य अतिथिको रूपमा खरसाङ महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपक उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा डब्ल्युबीएनभीएफको कमाण्डिङ अफिसर सुबत्रो घोष अनि खरसाङ महकुमा खेलकूद संघको मुख्य संरक्षक टीटी लामा उपस्थित रहेका थिए। यस फाइनल खेलमा निर्णायकको रूपमा कविन राई, योगेस सार्की, रोशन सार्की, पोर्थ अम्पायरमा बसन्त सिंह, रमोद गुरुङ आदि उपस्थित रहेका थिए। गत २१ सेप्टेम्बरदेखि खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्टको फाइनल खेल डब्ल्युबीएनभीएफ खेल मैदानमा सम्पन्न भएको छ। सो खेल खरसाङ महकुमा खेलकूद संघको क्यालेण्डर अनुसार आयोजना गरिएको र आगामी नोभेम्बर महिनामा खरसाङ प्रिमियर लिग आयोजना गरिने खरसाङ महकुमा खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले जानकारी गराएका छन्। उनले जानकारी गराए अनुसार यस टुर्नामेन्ट अन्तर्गत गर्ल्समा चारवटा दलहरू र अण्डर १४ बोइस फुटबल टुर्नामेन्टमा जम्मा ८ वटा फुटबल दलहरूले सहभागिता जनाएका थिए।









