रम- रक्सीको दोकानहरू बन्द गर्ने मागमा प्रमिला समूहले थानामा दर्ता गरे उजुरी

a66dea37-2209-4fbc-bcc7-012055e3b9e3

राजगञ्ज: राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको सुदामगञ्जमा अवैध रम- रक्सीको दोकान बन्द गर्ने माग गर्दै प्रमिला समूहले थानामा उजुरी दिएको छ। सोमबार आमबाडी आउट पोस्ट थानामा अवैध रम-रक्सी दोकानहरू बन्द गर्न माग गरेका छन्।
यस विषयमा प्रमिला समूहका महिलाहरूले भने, “क्षेत्रमा धेरै अवैध रम-रक्सीका दोकानहरू खोलिएकोले हामी विभिन्न समस्यामा परिरहेका छौं। क्षेत्रका पुरुषहरूले त्यहाँबाट रम-रक्सी पिएर घर फर्किँदा अशान्ति फैलाईरहेका छन्। यहाँका साना युवकहरू समेत नशाको लतमा परिरहेका छन्। आज आमबारी थानामा प्रमिला समूहको तर्फबाट उजुरी दिइयो। पुलिसले छिटो कदम चालेर यी अवैध रम-रक्सीका दोकानहरू बन्द गर्नुपर्छ भन्ने माग गरिन्छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement