माेरीगाउँ: मोरीगाउँ जिल्लामा मनहा क्षेत्रीय छात्र संघका पूर्व अध्यक्ष औ जिल्लाका पूर्व कार्यकारी सदस्य पार्थ प्रतिम बंगथाई समेत तीनजनाको गए राती गोलाघाट जिल्लाको नुमलीगढ़ीमा राष्ट्रिय राजमार्ग-३९ स्थित देवपहाड़मा भएको एक सड़क दुर्घटनामा मृत्यु भयो।पुलिसले आज बतायो, दुर्घटना यतिसाह्रो भयानक थियो कारमा सवार चारमध्ये तीनजनाको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको पहिचान देबजीत बरदलै, पार्थ प्रतिम कोंवर तथा बिरंची बोराको रूपमा भएको छ। दुर्घटनामा घाइते युवकको पहिचान भृगु शर्माको रूपमा भएको छ। पुलिसले अझ बतायो, दुर्घटना देव पहाड़बीच नियन्त्रण गुमाएको कारणले त्यसबेला भएको हो जतिबेला उनीहरू राती नुमलीगढ़देखि एनआरएल तर्फ गइरहेका थिए। नुमलीगढ़ पुलिस घटनास्थलमा पुग्यो अनि वाहनसितै शवहरूलाई उद्धार गऱ्यो। घटनाको प्रारम्भिक जाँच शुरू गरिएको छ।










