झारखण्डमा एनआरसी लागू गरिने

we_will_implement_nrc_in_jharkhand_says_shivraj_si_1728283292163_1728283292370

नयाँ दिल्ली: केन्द्रिय कृषि मन्त्री शिवराज चौहानले झारखण्डमा एनआरसी लागू गरिने भनि बताएका छन्। उनको भनाई अऩुसार, नागरिकताको रजिस्टर बन्नेछ। विदेशी घुसपैठीहरूलाई बाहिर निकालिनेछ।
झारखण्डमा भाजपाको विस्तृत संकल्प पत्र छिट्टै आउनेछ। झारखण्डमा हुने विधानसभा चुनाउको मध्यनजर सोमवार मीडियासित कुराकानीमा भाजपा झारखण्ड प्रभारी शिवराज चौहानले भऩेका छऩ्, यो चुनाउ केवल मुख्यमन्त्री बनाउने वा कुनै पार्टीको सत्ताको निम्ति होइन, यो झारखण्डलाई बचाउने चुनाउ हो। छोरी, माटो र रोटी यी तीनैको रक्षा गर्नु हाम्रो संकल्प हो। उनले भऩेका छन्, बांग्लादेशी घुसपैठीहरूको कारण झारखण्डको डेमोग्राफी परिवर्तित भइरहेको छ। सन्थाल परगनामा आदिवासी जनसंख्या ४४ प्रतिशतदेखि घटेर २८ प्रतिशत रहेको छ। बांग्लादेशी घुसपैठीहरूको कारण हिन्दू जनसंख्या पनि प्रभावित भएको छ। उनले आरोप लगाए, भोट ब्याङ्कको लोभमा हेमन्त सोरेव र गठबन्धन सरकारले घुसपैठीहरूलाई संरक्षण दिइरहेको छ। घुसपैठीहरूको आधार कार्ड र भोटर आईडी कार्ड बनाइँदैछ, यो देशको निम्ति ठूलो खतरा हो। आदिवासी छोरीहरूलाई भ्रम जालमा फंसाएर उनीहरूसित बिहे गरेर जमीनहरूमा कब्जा गरिन्दैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement