सुनसरीबाट निषेधित औषधी सहित ३ जना पक्राउ

IMG-20241007-WA0220

भद्रपुर: सुनसरीको धरान उपमहानगरपालिका-९ र ११ स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-९ स्थितमा डेरा गरी बस्दै आएका धर्मदेवी नगरपालिका-८ संखुवासभाका ३१ बर्षीय सुरज गुरुङको डेरा कोठा खानतलासी गर्दा दुई ओटा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी ट्रामानिल ७ हजार ८ सय ६० क्यापसुल र स्पास्मो ८ हजार ४ सय ३० चक्की बरामद गरेको हो कोशी प्रदेश प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी विट जोरसखुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-११ का २९ बर्षीय देवराज भुजेललाई ट्रामानिल १ हजार १ सय ९० क्याप्सुल र स्पासरेष्ट १ हजार क्याप्सुल सहित पक्राउ गरेको जनाएको छ। त्यसैगरी मोरङ कानेपोखरी-६ का १९ बर्षीय अर्जुन सुन्दासलाई निट्राजेपाम ४० चक्की सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement