काँग्रेसलाई ४, एकीकृत मालेलाई ३ माओबादीलाई ३ र एकजना सामाजिक ब्यत्ति
भद्रपुर: मोरङको बेलबारी ३ मा रहेको बेलबारी बहुमुखी क्याम्पसमा दलीय भागबण्डाका आधारमा नयाँ समिति चयन भएको छ। समितिमा अध्यक्ष सहित ३ एकीकृत माले कोषाध्यक्ष सहित ४ काँग्रेस र उपाध्यक्ष सहित ३ जना माओबादीको भागमा परेको छ। यसैगरी सामाजिक ब्यत्तित्वका रुपमा एकजनालाई सदस्य बनाईएको छ।
समितिको अध्यक्षमा सञ्चालका समितिका पुर्ब अध्यक्ष समेत रहेका प्रदेश साँसद ज्ञानेन्द्र सुवेदी उपाध्यक्षमा माओबादीका बेलबारी अध्यक्ष पर्शुराम सुवेदी,कोषाध्यक्षमा काँग्रेसका क्षेत्रीय सचिब राजेन्द्र अधिकारी चयन भएका छन्। सदस्यहरुमा एकीकृत मालेका शिव बराल,माधबराज थापा काँग्रेसका जनक पोख्रेल, ज्ञानुराज राई लगायत रहेका छन्। यसैगरी सदस्यमा झमक कट्टेल र मोहन गुरुङ रहेका छन्। भित्री रुपमा सहमति भईसकेको र आबश्यक प्रक्रिया बाँकी रहेको स्रोतको दाबी रहेको छ।







