गोर्खा जनमुक्ति मोर्चाको १७औं स्थापना दिवस सम्पन्न

IMG-20241007-WA0209

दार्जीलिङ: गोर्खा जनमुक्ति मोर्चाको १७औं स्थापना दिवस समारोह दार्जिलिङमा सम्पन्न भएको छ। विभिन्न रङ्गारंग सांस्कृिक कार्यक्रमको साथ गोर्खा जनमुक्ति मोर्चाद्वारा १७औं स्थापना दिवस पालन गरेको छ। दार्जिलिङ टके गोदुनिस भवनमा भएको उक्त समारोहमा गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष विमल गुरुङ लगायत महासचिव रोशन गिरी, आरपी वाइबा, सुरज सुब्बा, नोमन राई, आशा गुरूङ लगायत केन्द्रीय नेतृत्वहरूको साथमा दलीय कार्यकर्ता अनि समर्थकहरु उपस्थित रहेका थिए। गोजमुमोको १७औं स्थापना दिवस समारोह कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले आउँदो एक वर्षभित्र पहाड, तराई-डुवर्सवासीको लागि खुशीको खबर आउने सङ्केत व्यक्त गरेका छन्। कुरा खुलस्त गर्न नचाहे तापनि केही नयाँ कुरा हुन सक्ने बताएका छन्। उनले पछिल्लो दिल्ली भ्रमण अनि गृहमन्त्री अमित शाहासित सम्पन्न बैठकबारे पहाडमा चाडबाडपछि अल पार्टी मिटिङ गरिने गुरूङको भनाइ छ।

पत्रकारहरूसित कुराकानी गर्दै उनले चिया श्रमिकको बोनस मुद्दामा गोजमुमो गम्भीर रहेको बताए भने जनजाति मुद्दामा हिजो गठित समितिले राजनैतिक ढङ्गमा यसलाई सामाधान गरेर लान पर्ने प्रतिक्रिया व्यक्त गरे। अर्कोतिर भोलिको दिनमा आउने नयाँ खबरको लागि सबै एक हुनपर्ने बताए भने समय आएपछि सबै कुराको खुलासा गरिने स्पष्ट गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement