सुकानी नदीबाट बालकको शव भेटियो

IMG-20241007-WA0152

जलपाईगढी: आज सुकानी नदीबाट एक अपरिचित नाबालिगको शव फेला परेको छ, जसले सम्पूर्ण क्षेत्रमा सनसनी मच्चायो। सुल्कापाडा ग्राम पञ्चायत अन्तर्गतको दाङ्गपाडामा स्थानीयले शव देखेका थिए। स्थानीय स्रोतका अनुसार सुकनी नदीको किनारमा एक अपरिचित बालिकाको शव फेला परेको थियो। त्यसपछि स्थानीयले नगरकाटा पुलिस चौकीलाई खबर गरे। पुलिसले आएर शव बरामद गरेको थियो। पुलिसले मानिसहरुसँग सोधपुछ गरे पनि यो शव कसको हो भन्ने खुल्न सकेको छैन। पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने नगरकाटा पुलिसले जनाएको छ, तर स्थानीयवासी राहुल अमिनले भने, ‘करिब आधा घण्टाअघि १५–१६ वर्षीया बालिकाको शव परेको खबर पाएँ। सुकानी नदीको किनारमा जब यो खबर मेरो कानमा पुग्यो। म तुरुन्तै शव हेर्न गएँ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement