च्याम्पियन्स ट्रफीको निम्ति भारतीय टीम पाकिस्तान आउने पीसीबी-को आशा

IMG-20241007-WA0200

लाहौर: पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-का अध्यक्ष मोहसिन नकवीले सोमवार आईसीसी च्याम्पियन्स ट्रफीको आयोजन उनको देशमा सफलतापूर्वक हुने अनि चीरप्रतिद्वन्द्वी भारतसहित सबै टीमले टुर्नामेण्टमा हिस्सा लिने आशा व्यक्त गरे। च्याम्पियन्स ट्रफीको आयोजन तय कार्यक्रम अनुसार आउँदो साल १९ फरवरीदेखि पाकिस्तानमा हुनु छ। फाइनल ९ मार्चको दिन लाहौरमा खेलिनेछ। आयोजन स्थलको रूपमा लाहौर, कराची र रावलपिण्डीलाई चयन गरिएको छ। दुई देशबीच तनाउपूर्ण राजनैतिक सम्बन्धले गर्दा भारतले जुलाई २००८ पछि आफ्नो टीमलाई पाकिस्तान पठाएको छैन। नकवीले भने, भारतीय टीम पाकिस्तान आउनु पर्नेछ। उनीहरूले यहाँ आउनलाई रद्द या स्थगित गर्नेछन् जस्तो मलाई लागेको छैन अनि हामी च्याम्पियन्स ट्रफीमा सबै टीमहरूलाई पाकिस्तानमा पाउनेछौं भन्ने मलाई विश्वास छ। अहिले टुर्नामेण्टको तयारी चरममा रहेको छ। सबै स्टेडियम तय समयसम्म म्याच आयोजनको निम्ति तयार हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement