२४ अगस्तः अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले फीफासँग प्रतिबन्ध हटाउने अनुरोध गरेको छ। एआईएफएफ-ले फूटबलको वैश्विक सञ्चालन संस्था फीफाको माग अनुरूप उच्चतम न्यायालयद्वारा प्रशासकहरूका समिति (सीओए)-लाई हटाइएपछि यस्तो कदम उठाएको छ। एआईएफएफ-का कार्यवाहक महासचिव सुनन्दो धरले फीफा महासचिव फातमा समौरासँग एआईएफएफ-लाई निलम्बित गर्ने फसेलामाथि पुनर्विचार गर्ने अनुरोध गरेका छन्। धरले भनेका छन्, हामी धेरै खुशीको साथ तपाईंलाई सूचित गर्दछौं कि भारतका माननीय उच्चतम न्यायालयले हाम्रो मामिलाको सुनुवाई गऱ्यो अनि दिनांक २२ अगस्त २०२२-मा आदेशको माध्यमले सीओए-लाई सम्पूर्ण रूपले हटायो। यसैको फलस्वरूप एआईएफएफ-लाई आफ्नो दैनिक कार्यभारको सञ्चालन गर्ने पूर्ण प्रभार प्राप्त भयो। उपरोक्त कुराहरूलाई ध्यानमा राखेर हामी फीफा अनि विशेष रूपले ब्यूरोसँग एआईएफएफ-माथि प्रतिबन्ध लगाउने फसेलामाथि पुनर्विचार गर्ने अनुरोध गर्छौं।
पत्रमा थप लेखिएको छ, निलम्बन हटाउनको निम्ति तपाईंको पत्रमा उल्लेख गरिएको निर्धारित शर्तहरू पूरा गरिएको छ। यसैकारण एआईएफएफ-ले भारतमा फूटबलको सुचारु रूपले सञ्चालन जारी राख्न सकोस् भनी हामी यस सम्बन्धी चाँड़ै आदेश जारी गरियोस् भनी अनुरोध गर्छौं। उल्लेखनीय छ, फीफाले १५ अगस्तमा एआईएफएफ-मा तेस्रो पक्षको अनुचित प्रभावको तर्कसहित निलम्बनको आदेश सुनाएको थियो। यसले गर्दा भारतमा यस साल हुने फीफा अण्डर-१७ महिला विश्व कप अनिश्चित बन्न पुगेको थियो। पूर्व निर्धारित कार्यक्रम अनुसार भारतमा ११-देखि ३० अक्टोबरसम्म फीफा अण्डर-१७ महिला विश्व कपको आयोजन हुनु थियो। एआईएफएफ-को ८५ सालको इतिहासमा फीफाले पहिलोपल्ट प्रतिबन्ध लगाएको छ। उच्चतम न्यायालयले निलम्बन हटाउन अनि भारतमा अण्डर-१७ महिला विश्व कप आयोजनको बाटो फराकिलो गर्न सोमवार आफ्नो पूर्व आदेशमा संशोधन गरेको थियो।