कोलम्बो: सनत जयसूर्यालाई २०२६ टी२० वर्ल्ड कपसम्मको निम्ति श्रीलंकाई पुरुष क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ। श्रीलंका क्रिकेट (एसएलसी)-ले अन्तरिम प्रशिक्षकको रूपमा जयसूर्याको मार्दगर्शनमा टीमको असल प्रदर्शनलाई ध्यानमा राखेर उनलाई स्थायी प्रशिक्षक बनाउने फसेला गरेको छ। एसएलसी-द्वारा जारी बयानमा भनिएको छ, श्रीलंका क्रिकेटको कार्यकारी समितिले टीमको असाधारण प्रदर्शनलाई ध्यानमा राखेर यस्तो निर्णय लिएको छ। जयसूर्या अन्तरिम प्रशिक्षक रहँदा टीमले भारत, ईंग्ल्याण्ड र न्यूजील्याण्डविरुद्ध असाधारण जीत हासिल गऱ्यो। उल्लेखनीय छ, जयसूर्याको प्रशिक्षणमै श्रीलंकाले २७ सालपछि भारतलाई वनडे सीरीजमा पराजित गरेको थियो। त्यसपछि टीमले ईंग्ल्याण्डमा ईंग्ल्याण्डविरुद्ध १० सालपछि टेस्ट म्याचमा जीत हासिल गऱ्यो। त्यसपछि श्रीलंकाले हालै न्यूजील्याण्डलाई दुईवटा टेस्ट म्याचको सीरीजमा पनि २-०-ले पराजित गऱ्यो। यस जीतको साथै श्रीलंकाले वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनल खेल्ने सम्भावनालाई पनि जीवित राख्यो। जयसूर्याको प्रशिक्षकको रूपमा यो पहिलो कार्यकाल हो। यसअघि उनी सीनियर पुरुष टीमको चयन समितिका अध्यक्ष रहेका थिए। टीमको मुख्य प्रशिक्षक बनेपछि जयसूर्याको पहिलो परीक्षा दाम्बुरा र पल्लेकेलमा वेष्ट इण्डिजविरुद्ध खेल्ने सीमित ओभरहरूको सीरीज हुनेछ। श्रीलंका यात्रामा वेष्ट इण्डिजले टी२० र वनडे सीरीज खेल्नेछ।










