लिफ्ट दिने क्रममा एक युवकलाई लुट्ने दुई लुटेर पक्राउ

Untitled-3-1024x576

सिलगढी: (माटिगडाको तुम्बाजोट क्षेत्रबाट यस्तै एउटा घटना बाहिर आएको छ। जहाँ स्कुटरमा सवार एक युवकलाई लिफ्ट दिने क्रममा स्कुटर चालक लुटपाटको शिकार बनेका छन्। जानकारीका अनुसार १‌अक्टोबर साँझ एक युवक कामका लागि स्कुटरमा झंकरमोडतर्फ जाँदै थिए। त्यसपछि बाटोमा एक अज्ञात युवकले आमा बिरामी भएको भन्दै लिफ्ट मागे। स्कुटर चालकले अपरिचित युवकलाई लिफ्ट दिएर उसले दिएको ठेगानामा जान थाले। तर तुम्बाजोट चिया बगान नजिकै अज्ञात युवकले स्कुटर चालकलाई धम्की दिएर जंगलमा लगे। जहाँ उनको गिरोहका एक सदस्य पहिले नै उपस्थित थिए। त्यसपछि दुवै अपहरणकारीले स्कुटर चालकको मोबाइल खोस्नुका साथै ३५ हजार रुपियाँ अनलाइन ट्रान्सफर पनि गरेका थिए। यस विषयमा २ अक्टोबर माटिगडा पुलिस थानामा लिखित उजुरी परेको थियो। उजुरीका आधारमा अनुसन्धानमा जुटेको पुलिसले ५ अक्टोबरको दिन पाँचनई पुलबाट शंकास्पद दुई युवालाई नियन्त्रणमा लिएको थियो। सोही क्रममा दुवै आरोपीले कडा सोधपुछपछि स्कुटर चालकलाई लुटपाट गरेको स्वीकार गरेका छन्।
त्यसपछि पुलिसले दुवैलाई पक्राउ गरेको थियो। अभियुक्तहरुको नाम रणदीप दास र एमडी अफताब रहेको छ। आज पुलिसले दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरेको छ। पुलिसले थप अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement