२४ अगस्तः इण्डियन सुपर लीग (आईएसएल)-को टीम बेंगलुरु एफसीले मंगलवार किशोर भारती क्रीड़ांगनमा भारतीय वायुसेनालाई ४-०-ले पराजित गरी प्रतिष्ठित डुरण्ड कप फूटबल टुर्नामेण्टमा लगातार दोस्रो जीत दर्ता गऱ्यो। बेंगलुरु एफसीबाट रोय कृष्णाले नवौं, सुनिल छेत्रीले २३औं, फैजल अलीले ७१औं र शिव शक्तिले ९३औं मिनटमा गोल गरे। यस एकतर्फी जीतको साथ बेंगलुरु एफसी ग्रुप बी-मा ६ पोइण्टको साथ मोहम्मडन स्पोर्टिंग क्लबको साथ शीर्षमा रहन पुग्यो। दुई टीमको पोइण्ट र गोल अन्तर बराबर रहेको छ।