भारतीय कला महोत्सवमा सिक्किमे महिला उद्यमी टोली

IMG-20241006-WA0298

गान्तोक: सिक्किम राज्य महिला उद्यमी फोरम नामक एक गैरसरकारी संस्थाकी अध्यक्ष उषा थीङ लामाको नेतृत्वमा गएको टोलीले भारतीय कला महोत्सवमा सहभाहिता लियो। उक्त महोत्सव २७ देखि ६ अक्टोबरसम्म सञ्चालन गरिएको थियो। २६ सदस्यीय प्रतिनिधिमण्डलको साथ टोलीले सांस्कृतिक कार्यक्रमको प्रदर्शनी पनि गरेको थियो। सिक्किमको शिल्प क्षमता, हथकर्घा र हस्तकला क्षेत्रहरूमा तयार पारिएका उत्पादहरुलाई प्रदर्शनीम3 राखिएको थियो। मुख्यगरि टोलीले उक्त ७त्रमा राज्यको अद्वितीय योगदानलाई प्रकास पार्ने काम गरेको छ। इस्टर्न ह्यान्डलूम एण्ड ह्यान्डिक्राफ्ट डेभलप्मेन्ट कर्पोरेशन लिमिटेडद्वारा आयोजना गरिएको यस महोत्सवले यस क्षेत्रका कारीगर र उद्यमीहरूलाई एकै ठाउँमा ल्याउने काम पनि गरेको छ। यसले सुक्ष्म उद्योगलाई बढावा दिँदै परम्परागत कलालाई बढावा दिनमा भरपूर मदत गरेको जानकारी टोलीले प्रेस विज्ञप्तिमा दिएको छ। नेटवर्किङ र सांस्कृतिक आदानप्रदानको लागि पनि मञ्च तयार पारेको भनाइ छ। यसबाट उत्तरपूर्वी राज्यहरूको विविध उत्पादहरुले बजार पाउने र प्रचार प्रशार बढ़ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement