गेजिङमा विभिन्न पुरस्कारप्राप्त शिक्षकहरु सम्मानित

IMG-20241006-WA0296

गान्तोक: सिक्किम राज्य शिक्षक संगठन गेजिङ शाखाले एक विशेष कार्यक्रमको आयोजना गरेर जिल्लाबाट राज्य शिक्षा पुरस्कार र कमाण्डेशन अवार्ड प्राप्त गरेका शिक्षकहरूलाई सम्मान गरेको छ। यस कार्यक्रममा शिक्षिका तिलारुपा ढकाललाई राज्य शिक्षा अवार्डबाट सम्मानित बनेकामा हौसला प्रदान गर्दै आज संघले सम्मान जनाएको थियो। उनीसँगै चार अन्य शिक्षकहरूलाई पनि कमाण्डेशन अवार्डबाट सम्मान भएकोमा सम्मन गरियो। यसबाहेक आइआइएलएम एजुकेशन अवार्ड २०२४ प्राप्त गरेका दस शिक्षकहरूलाई पनि संगठनले विशेष सम्मान प्रदान गर्योन। राज्य शिक्षा पुरस्कार र कमाण्डेशन अवार्ड गत शिक्षा दिवसमा राज्यका मुख्यमन्त्रीको बाहुलीबाट प्रदान गरिएको थियो, भने आइआइएलएम गान्तोकले यसै वर्षका उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरेको थियो। संगठनका जिल्ला सदस्य फिगु छिरिङ भोटियाका अनुसार, शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिएका शिक्षकहरूलाई राज्य शिक्षक संगठन गेजिङ जिल्लाले पनि कदर गर्दै यो सम्मान प्रदान गरेको हो। कार्यक्रम जिल्ला अतिथि गृह, गेजिङमा आयोजना गरिएको थियो। जहाँ जिल्ला शिक्षा अधिकारी पेमा ग्याल्छेन भोटिया प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा अतिरिक्त निर्देशक राजेश थापा, विभिन्न विद्यालयका प्राचार्यहरू, शिक्षक-शिक्षिका, र संगठनका उपाध्यक्ष अनिता प्रधानको उपस्थिति रहेको थियो। संगठनले शिक्षाको विकासमा लागिपरेका शिक्षकहरूको मेहनतलाई कदर गर्दै सम्मान जनाउने यो कार्यक्रमले शिक्षा क्षेत्रका उत्कृष्ट योगदानलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement