पहिलो टी२० म्याचमा भारत ७ विकेटले विजयी

IMG-20241006-WA0278

ग्वालियर: भारतले पहिलो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा बंग्लादेशलाई सजिलैसँग ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथै भारतले ३ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। श्रीमन्त माधवराव सिन्धिया क्रिकेट स्टेडियममा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै बंग्लादेश १९.५ ओभरमा १२७ रन बनाएर अलआउट भयो। त्यसपछि भारतले ११.५ ओभरमै ३ विकेटमा १३२ रन बनाएर म्याच जित्यो। भारतको तर्फबाट हार्दिक पाण्ड्याले सर्वाधिक अविजित ३९ रन बनाए। उनले १६ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक सञ्जु सेमसन र कप्तान सूर्यकुमार यादवले २९-२९ रन बनाए। सेमसनले १९ बल खेलेर ६ वटा चौका लगाए। यसरी सूर्यकुमारले १४ बल खेलेर ३ वटा छक्का र २ वटा चौका लगाए। नितिश कुमार रेड्डी १६ रनमा अविजित रहे। ओपनर अभिषेक शर्मा १६ रन बनाएर दुर्भाग्यजनक तरिकाले रन आउट भए। यसअघि पहिला ब्याटिंग गर्दै बंग्लादेशको शुरुवात खराब रह्यो अनि एक समय ५७ रनमा ५ विकेटको पतन भइसकेको थियो। अलराउण्डर मेहदी हसन मिराजले अविजित ३५ रन बनाएर टीमलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए। उनले ३२ बल खेलेर ३ वटा चौका लगाए।यसबाहेक कप्तान नजमूल होसेन शान्तोले २७ रनको योगदान दिए। भारतीय बलरहरूमा अर्शदीप सिंह र वरुण चक्रवर्तीले ३-३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement