सिलगढी: हिजो सालुगडा नेपाली सांस्कृतिक समितिको भवनमा गीति सङ्गालो महेन्द्र कुमार लामाको रचनामा म्युजिक एरेन्जर देबेन गुरुङको गीत अनिल दासको स्वरमा ‘सारा गीत र भाउहरु’ लोकार्पण गरियो l कार्यक्रममाअतिथिहरू सुशील दास, महेन्द्र कुमार लामा, टार्जन लेप्चा, दिवस गुरुङ, धिरज थापा, प्रसन्न सिंह, सुधीर सिंह, अनन्द सिंह साथै पहाड, तराई, डुवर्सबाट आएका संगीतकारहरुको उपस्तिथि रहेको थियोl बाल कलाकार शिवाङ्सि दासको बाहुलीबाट गीति सङ्गालो लोकार्पण गरियो।