दशैं तिहारलाई रौसिलो बनाउन आइपुग्यो ‘हाम्रो भाका’को म्युजिक भिडियो

WhatsApp-Image-2024-10-06-at-20.18.49

मङपू: दशैं तिहारको रमाइलो माहोललाई अझ रौसिलो बनाउँदै छमछमी नचाउने म्युजिक भिडियो ‘हाम्रो भाका’ आज मङपूमा सार्वजनिक भएको छl मङपूका गायक पूर्णबहादुर गुरुङ र गयिका शारदा रावतको स्वरमा लोकगीत ‘हाम्रो भाका’को म्युजिक भिडियो आज मङपू पेन्सनर्स भवनमा साहित्यकार के बी गिरीको बाहुलीबाट लोकार्पण गरियोl लोकार्पण सँगै युट्युबमा सार्वजनिक गरिएको छ।

‘हाम्रो भाका’ लोकगीतको  आज लोकार्पण  गरिएपछि सांगीतिक यात्रामा आजदेखि मङपूले अर्को कोशेढुङ्गा खडा गरेको छ। झर्रा मादाले लोक लयमा ‘हाम्रो भाका’ लोकगीतका रचनाकार एवं संगीतकार गायक पूर्णबहादुर गुरुङ नै रहेको छ।

सुजीत थापाले संचालन गरेको कार्यक्रममा स्थानीय बालबालिकाहरुले सुन्दर नृत्य प्रस्तुत गरेl यस म्युजिक भिडियोको कोरियोग्राफ मुस्कान थापाले  गरेका छन्। आजको कार्यक्रममा दुवै गायक गायिकालाई उपस्थित सबैले खदा लगाएर बधाई दिए। गायक पूर्णबहादुर गुरुङको ‘हाम्रो भाका’ गीत  दशैं तिहारभरि सबैलाई छमछमी नचाउने रहेको छ।

मङपूकै मुस्कान डान्स एण्ड फिट्नेस स्टुडियोका कलाकारहरुले नृत्य गरेका छन् भने यसै गाउँ-घरका रमाइला दृश्यहरुले म्युजिक भिडियोलाई अझ रमाइलो बनाएका छन्। गायक पूर्ण बहादुर गुरुङ एक कुशल लोक गायक हुन् भने उनले १५ वर्षको उमेरदेखि नै गीत गाउँदै आइरहेका छन्l उनको यो पहिलो लोक भाकाको म्युजिक भिडियो हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement