गोरामुमो अध्यक्ष मन घिसिङको अध्यक्षतामा एचपीडब्ल्युयुको सभा सम्पन्न

IMG-20241006-WA0266

दार्जिलिङ: गोरामुमो केन्द्रीय कार्यालय दार्जीलिङमा आज गोरामुमो अध्यक्ष मन घिसिङको अध्यक्षतामा हिमालयन प्लान्टेसन वर्कर्स यूनियन (एचपीडब्ल्यु) केन्द्रीय समितिको सभा सम्पन्न भएको छ। सभामा एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बीके राई, महासचिव एसके लामा, सचिव धिरज राईसहित समितिका अन्य सदस्यहरू उपस्थित थिए। सभामा गोरामुमोका सचिव जनरल एनबी छेत्री, प्रवक्ता वाई लामा, दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बा, खरसाङ ब्राञ्च कमिटी सचिव युद्ध छेत्री, मिरिक ब्राञ्च अध्यक्ष महेन्द्र खड्का लगायत भ्रातृ संगठनका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। सभामा चिया श्रमिकहरूको पूजा बोनससम्बन्धी एचपीडब्ल्युले उठाएका मुद्दाहरू, श्रमिकहरूको आन्दोलन र हालसम्म भएका बैठकहरूको समीक्षा गरियो। एचपीडब्ल्यु अध्यक्ष बि के राईले श्रमिकहरूको बीस प्रतिशत बोनस माग र वार्ताका क्रममा मालिक पक्षको १३ प्रतिशतमा अडानका कारण उत्पन्न समस्या बारे जानकारी गराए। उनले भने, “बिगत फेब्रुअरी/मार्चमा नै सम्झौता गर्ने प्रयास भए पनि मालिक पक्षले विभिन्न बहाना बनाएर वार्तालाई सेप्टेम्बरसम्म लम्ब्याएको थियो। चौथो चरणको वार्ता असफल भएपछि सरकारले श्रमिक युनियनसँग कुनै त्रिपक्षीय वार्ता नगरी १६ प्रतिशत बोनस थोप्ने निर्णय गर्‍यो, जसले श्रमिकहरूको असन्तुष्टि थप गहिरिएको छ।”
सभामा निर्णय गरियो कि श्रमिकहरूको बाँकी ४ प्रतिशत बोनसको मागलाई लिएर आन्दोलनलाई अझ तीव्र पारिनेछ। साथै, चिया उद्योगको अस्तित्व बचाउन र श्रमिकहरूको हकहितका लागि एचपीडब्ल्युले आफ्नो जिम्मेवारी निर्वाह गर्नेछ। अध्यक्ष मन घिसिङको दिशानिर्देशमा पार्टीका भ्रातृ संगठनहरूको पनि महत्त्वपूर्ण भूमिका रहने निर्णय भयो।समापनमा एचपीडब्ल्यु अध्यक्ष बि के राईले श्रमिकहरूको हक र अधिकारका लागि पार्टीले महत्त्वपूर्ण भूमिका खेलेकोमा आभार व्यक्त गर्दै भविष्यमा पनि संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *