खरसाङ: भारतीय गोर्खा परिसंघ तीनधारेको पुरानो कमिटीको कार्यकाल समाप्त भएकोले पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरिएको छ। भारतीय गोर्खा परिसंघ तीनधारेको नयाँ कमिटी गठनार्थ तीनधारेमा सभा सम्पन्न भएको छ। उक्त सभा तीनधारेको इम्पोलइज युनियन कार्यालयमा सम्पन्न भएको छ। यस सभा परिसंघका पुरानो सदस्य जेबी गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको छ। सभालाई पूर्व अध्यक्षा शान्ति तामाङले सञ्चालन गरेका थिए। नवगठित कमिटीको गठनार्थ पर्वक्षेकक रूपमा मदनकुमार प्रधानलाई राथिएको थियो। उक्त सभामा नै भारतीय गोर्खा परिसंघ तीनधारेको नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा सभापति शान्ति तामाङ (नाना), उप सभापति दिपक प्रधान, सचिव सुरेशचन्द्र दर्नाल, सह- सचिव अजय विश्वकर्म, कोषाध्यक्षा तारा रूचाल, मुख्य सल्लाहकारहरूमा किशोरचन्द्र लोहार, विनय छेत्री, रञ्जनकुमार रसाईली, रबि सुब्बा, पूर्ण कुमार मास्के, जेबी गुरुङ लगायत ११ जनाको कार्यकारिणी सदस्य सदस्याहरू चयन गरिएका छन्।सभामा रूकमणी थापा, विनय छेत्री, रञ्जनकुमार रसाईली, किशोरचन्द्र लोहार, पूर्णकुमार मास्के आदि सम्बोधनमा आफ्नो आफ्नो सल्लाह सुझावहरू राखेका थिए।

सभामा सभाध्यक्षद्वारा सर्वसहमतिद्वारा नवनिर्वाचित नेतृत्ववर्गलाई शुभकामनासहित बधाई दिएका थिए भनी भारतीय गोर्खा परिसंघ तीनधारे टके सह सचिव अजय विश्वकर्मले जानकारी गराएका छन्।