लद्दाखका सामाजिक कार्यकर्ता सोनम वाङचुक आफ्ना सहकर्मीहरू साथ पुगे दिल्ली

00-Sonam-Wangchuck-copy

नयाँ दिल्ली: सोनम वाङचुकले आइतबार बिहान एक पोस्टमा भने, ‘अर्को अस्वीकार, अर्को निराशा। अन्ततः आज बिहान हामीले विरोधको लागि आधिकारिक रूपमा तोकिएको स्थानको लागि यो अस्वीकार पत्र प्राप्त गर्‍यौं।‘ उनले भने, ‘हामी औपचारिक ठाउँमा शान्तिपूर्वक अनशन बस्न चाहन्छौं। तर विगत दुई तीन दिनदेखि हामीलाई त्यस्तो ठाउँ दिइएको छैन। हामीलाई लद्दाख भवनमा हिरासतमा राखिएको छ। हामी यहीँबाट अनशन बसिरहेका छौं।‘ उनले भने, ‘हाम्रा सयौं मानिस लेहबाट दिल्ली आएका छन्। यसमा महिला, पूर्व सैनिक र ७५ वर्षभन्दा माथिका व्यक्तिहरू पर्छन्। हामी सबै लद्दाख भवनमा अनिश्चितकालीन अनशनमा बस्नेछौं।‘ वास्तवमा, सोनम र उनीसँग उपस्थित मानिसहरूले  लद्दाखलाई पूर्ण राज्य बनाउन, स्थानीय मानिसहरूलाई रोजगारीमा आरक्षण, लेह र कारगिलका लागि एक एक संसदीय सिट र संविधानको छैठौं अनुसूची कार्यान्वयनको माग गरिरहेका छन्। उनी ३० दिनको पैदल यात्रापछि ३० सेप्टेम्बरको दिल्ली पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement