मङ्पुमा ‘हाम्रो भाका” लोक गीतको म्युजिक भिडियो लोकार्पण

IMG-20241006-WA0259

मङ्पु: मङपूका गायक पूर्णबहादुर गुरुङ अनि गयिका शारदा रावतद्वारा स्वरबध्द गरिएको गीति एल्बम “लोक भाका” म्युजिक भिडियो आज मङपूमा साहित्यकार केबी गिरीको बाहुलीबाट लोकार्पण गर्दै युट्युबमा सार्वजनिक गरियो।

यसरी” हाम्रो भाका” लोकगीतको आज लोकार्पण गरिएपछि सांगीतिक यात्रामा आजदेखि मङपूको नाम एक माईलखुट्टी अघि बढेको छ। मिठो मादले लोक लयमा आधारित “हाम्रो भाका” लोकगीतको रचनाकार अनि संगीतकार गायक पूर्णबहादुर गुरुङ नै रहेको छ।
सुजित थापाले सञ्चालन गरेको कार्यक्रममा स्थानीय नानीहरुले सुन्दर नृत्य प्रस्तुत गरे भने यस म्युजिक भिडियोको कोरियोग्राफ मुस्कान थापाले गरेका छन्।

आजको कार्यक्रममा दुई गायक गायिकालाई उपस्थित सबैले खदा लगाएर बधाई दिएका थिए।
गायक पूर्णबहादुर गुरुङको “हाम्रो भाका” गीत दशैं तिहारभरि सबैलाई छमछमी नचाउने देखिएको छ।
“मङपुकै मुस्कान डान्स एण्ड फिट्नेस स्टुडियोका कलाकारहरुका नृत्य अनि हाम्रै गाउँ घरका दृश्यहरु, कलाकारहरु उक्त भिडियोमा छायाँकन गरिएको छ। गायक पूर्णबहादुर गुरुङ एक असल लोक गायक हुन् भने उनले १५ वर्षको उमेरदेखि नै गीत गाउँदै आईरहेको छन् भने उनको यो पहिलो लोक भाकामा आधारित म्युजिक भिडियो हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement