भद्रपुर: मोरंगको उर्लाबारी नगरपालिका वार्ड नं ०३ स्थित मंगलबारेमा दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०२४ प्रतियोगिता सञ्चालन भइरहेको छ। आजको छैठो दिनको खेलमा वार्ड नं ०५ को भेट्रान क्लब विजय भएको छ। सो आजको कार्यक्रम का प्रमुख अतिथि उर्लाबारी नगरपालिका वार्ड नं ०२ का वार्ड अध्यक्ष राजन कुमार कँडेलबाट कार्यक्रम सञ्चालन भएको थियो।
सो प्रतियोगिता को कार्यक्रम सञ्चालक मंगलबारे निवासी व्यक्ति श्री सुजित सिंह ज्यु ले सञ्चालन गरेका थिए। आजको छैठो दिन को प्रतियोगिताको खेलमा वडा नम्बर ०५ ले वार्ड नं ०२ लाई १-०गोलको अन्तरले विजयी हासिल गरेका छन्।
आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले वडा नम्बर ०५ का जर्सी नं ११का भेट्रान खेलाडी संजीव सुवेदीलाई म्यान अफ दि म्याच घोषणा गरेको छ। उनलाई आजको प्रमुख अतिथिको हातबाट ट्रफीले सम्मानित गरिएको थियो।

उर्लाबारी नगरपालिका वडा नम्बर २ र ३ को मुख्य प्रयोजन रहने सो प्रतियोगिताको फाईनल खेल आगामी अक्टूबर ८मा हुने आयोजकले जनाएको छ।
यसैगरी भोलि हुने दोस्रो दिनको प्रतियोगिताको खेल वडा नम्बर ०४ र ०७ का भेट्रान टीम बिच दिउसो ३ बजेदेखी संचालन हुने छ।