भद्रपुर: फिल्म रिलिज अघि कलाकार दीपाश्री निरौलालाई डेंगु संक्रमण देखिएको छ। दीपाश्रीको फिल्म ‘छक्का पन्जा ५’ फूलपातीको दिनदेखि प्रदर्शनमा आउँदै छ।
फिल्म रिलिज अघि दीपाश्रीलाई डेंगु संक्रमण देखिएको कलाकार केदार घिमिरेले जानकारी दिए। घिमिरेले लेखेका छन्,‘शीघ्र स्वास्थ्य लाभको कामना दिदी। ढल्ने छुट छैन, छिट्टै उठ्नुस्।’
फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ।









