जीटीए क्षेत्रका बन्द चिया बगानका श्रमिकहरूलाई एकमुष्ट राहत भुक्तानीको मागना अनित थापाको पत्र मुख्यमन्त्रीलाई

photocollage_202492520529522

खरसाङ: जीटीए क्षेत्रका बन्द चिया बगानका श्रमिकहरूलाई एकमुष्ट राहत भुक्तानीको माग गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापाले राज्यका मुख्यमन्त्री सुश्री ममता बनर्जीलाई पत्र लेखेका छन्। पत्रमा उनले विभिन्न मुद्दाहरू समावेश गरेका छन्।
पत्रमा उल्लेख गरिएको पत्रमा क्षेत्रमा चिया बगान बन्द भएका कारण श्रमिकहरूले सामना गरिरहेको गम्भीर आर्थिक कठिनाई, गरिबी र खाद्य असुरक्षालाई उजागर गरेको बताइएको छ। त्यसरी नै ऐतिहासिक र आर्थिक महत्व विषयमा उल्लेख गर्दै यसले दार्जिलिङ र कालेबुङमा चिया उद्योगको ऐतिहासिक र आर्थिक महत्व र श्रमिकहरूले राज्यको अर्थतन्त्र र सम्पदामा पुर्‍याएको महत्वपूर्ण योगदानलाई प्रकाश पारेको बताइएको छ। जीटीए प्रमुख अनित थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् -‘एकमुष्ट राहत भुक्तानीको मांग गरेको छु। पत्रमा दार्जिलिङ र कालेबुङका श्रमिकहरूका लागि पनि यस्तै आर्थिक राहत प्याकेजको माग गरेको छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement