दार्जीलिङ: अबको ठीक एक महिनापछि हुने बैठकलाई केन्द्र गरी श्रमिक समन्वय मञ्चले भोलिदेखि सबै प्रकारको आन्दोलन स्थगित रहने घोषणा गरेको छ। आउँदो ६ नोभेम्बर बुधवार कोलकातामा हुने बैठकको पत्राचारलाई श्रमिक एकताको ऐेतिहासिक जीत ठहर गर्दै मञ्चले अर्कोतिर बीस प्रतिशत चिया बोनसको दावीमा सङ्कलित ५० हजार श्रमिक हस्ताक्षर जनमतको रुपमा बैठकअवधि प्रस्तुत गरिने माकपा श्रमिक नेता समन पाठकको भनाइ छ। पछिल्लो श्रमिक आन्दोलनमा जनतालगायत नेतृत्वहरुमाथि लगाइएको मुद्दाको पनि मञ्चले डटेर विरोध जनाउने उनले पत्रकार सम्बोधनमा जनाएका छन्। यसैबीच आगामी ६ नोभेम्बर कोलकातामा हुने बैठकलाई केन्द्र गर्दै पार्वत्य श्रमिक संगठन समन्वय मञ्चको जरूरी सभा भरत ठकुरीको अध्यक्षतामा आज दार्जीलिङमा सम्पन्न भयो। आठवटा श्रमिक सङ्गठन नेतृत्वहरु उपस्थित उक्त बैठकपछि ६ नोभेम्बरसम्म चियावारी क्षेत्रमा शान्ति श्रृंखला कायम राखिदिने नेतृत्वहरुले अपील गरेका छन्।