शौच गराउँदा एक किलो सुन दिसा गरे

Gold-copy-1

काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गजबकै घटना भएको छl पक्रा परेका व्यक्तिलाई शौच गराउँदा एक किलो सुन निस्कियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्रा परेका थिए। सो क्रममा एकजना समातिएका हुन्। पक्राउ पर्ने व्यक्ति ३१ वर्षीय राहुल रेमानान हुन्। उनलाई विमानस्थलमा सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको थियो। पुलिस प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले यसबारे जानकारी गरायो। उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए। राहुलको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गरियो। त्यसपछि काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति फेला पर्यो। पुलिस वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको पुलिसले जानकारी गराएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको पुलिसले जानकारी गरायो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *