ग्वालपाड़ा: प्रकृतिको नियम पनि बड़ो विचित्र छ। मेघालयको गारो हिल्सका पहाड़हरूबाट पानी बगेर समतलतिर झरेपछि गारो हिल्सका मानिसहरूलाई केही राहत प्राप्त भएको छ भने अर्कोतिर त्यही पानीले असमको ग्वालपाड़ा जिल्लामा भीषण बाढ़ीको स्थिति उत्पन्न भएको छ।ग्वालपाड़ाको माटिया बामुनपारामा मेघालयको गारो हिल्सबाट आएको पानीले गर्दा सम्पूर्ण क्षेत्र बाढ़ीको चटेपमा परेको छ। बाढ़ीको कारणले दुधनै नदीको बाँध दुई ठाउँ भत्किएपछि सयकड़ौं घरहरू बाढ़ीमा डुबेका छन्।नन्देश्वर-दरंगगिरी सड़कमा पानी बगिरहेको छ। पानीले लगभग एक किलोमीटर सड़कलाई क्षतिग्रस्त बनाइसकेको छ। बामुनपारा, नन्देश्वरको अवस्था के छ भने गए राती २ बजेपछि अचानक छिमेकी राज्य मेघालयका पहाड़हरूबाट पानी बगेर समतलमा झऱ्यो। राती नै एसडीआरएफका जवानहरूले घटनास्थलमा पुगेर केही मानिसहरूलाई बचाए। अचानक राती पानी भरिेएको कारणले घरभित्रका सर-सामान अनि पशुहरूलाई व्यापक क्षति पुगेको छ।