बरपेटा: बरपेटा जिल्लाको सर्थेबाड़ी थानाक्षेत्रबाट एकजना व्यक्तिलाई प्रचुर मात्रामा गाँजासितै पक्राउ गरिएको छ। गुप्त सूचनाको आधारमा क्षेत्रको नेउलरभिठा बजारमा गए शनिवार राती एउटा पसलबाट सार्थेबारी पुलिसले गाँजासितै व्यक्तिलाई पक्राउ गऱ्यो।सर्थेबाड़ी थाना प्रभारी प्रकाश डेकाको नेतृत्वमा उपनिरीक्षक दीपुल शर्मा र विशाल बर्मन सहित पुलिसको एक टीमले उक्त गाँजा व्यापारीलाई गाँजासितै पक्राउ गऱ्यो। पक्रा पर्ने व्यक्तिको पहिचान नेउलरभिठा निवासी हरिपद मण्डल (६७)- को रूपमा भएको छ।आरोपी हरिपद मण्डलको पसलमा छापामारी गर्दा पुलिसले लगभग चार किलोग्राम गाँजा जफ्त गऱ्यो। सर्थेबाड़ी सर्कल अधिकारी एवं कार्यपालक दण्डाधिकारी डा. पवन कुमार उपाध्याय घटनास्थलमा पुगे। कार्यपालक दण्डाधिकारीको उपस्थितिमा गाँजा जफ्त गरियो। हरिपद मण्डलमाथि विगत लामो समदेखिकै गाँजाको धन्दा गर्दै आइरहेको आरोप छ।