तीनधारे महानदी समष्टि स्तरीय स्व हरिप्रसाद छेत्री स्मारक क्यारम बोर्ड प्रतियोगिताको फाइनल खेल सम्पन्न

IMG-20241006-WA0197

Loading

खरसाङ: अन्तर तीनधारे महानदी समष्टि स्तरीय स्व हरिप्रसाद छेत्री स्मारक क्यारम बोर्ड प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ। वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको आयोजनामा गत ३१ अगस्तदेखि शुरु भएको उक्त तीनधारे महानदी समष्टि स्तरीय स्व हरिप्रसाद छेत्री स्मारक क्यारम बोर्ड प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको छ। यस क्यारम प्रतियोगितामा डबलमा ४४ जना र एकलमा ३५ दना प्रतियोगीहरूले भाग लिएका थिए। यस फाईनल खेल अन्तर्गत एकलमा सीएम सुन्दास र सपन दर्जीमाझ सम्पन्न भएको थियो जसमा सीएम सुन्दास बिजय बनेका छन्। त्यसरी नै डबल्समा सीएम सुन्दास र अरूण प्रधानको जोडीको भीड़न्त सुयेस शंकर र सपन दर्जीको जोडीमाझ फाइनल खेल सम्पन्न भएको थियो जसमा सुयेस शंकर र सपन दर्जीको जोड़ी बिजय बनेका छन्। आजको फाईनल खेलमा निर्णायकको रूपमा बेनु सुन्दास, नरनाथ ब्राह्मण, सञ्जय लामा र किरण लकान्द्री उपस्थित रहेका थिए। यस फाईनल खेलमा विजेता र उप विजेताहरूलाई ट्रफी साथै हरेक सहभागीहरूलाई अतिथहरूका बाहुलीबाट स्मृति चिन्ह र प्रमाण पत्रहरू प्रदान गरिएको थियो। कार्यक्रममा स्व हरिप्रसाद छेत्रीकी पत्नी धनकुमारी छेत्रीलाई वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको पक्षबाट सम्मान पनि जनाइएको थियो। कार्यक्रममा स्व हरिप्रसाद छेत्रीको सुपुत्र सुकराज छेत्री पनि उपस्थित रहेका थिए। उक्त अन्तर तीनधारे महानदी समष्टि स्तरीय स्व हरिप्रसाद छेत्री स्मारक क्यारम बोर्ड प्रतियोगिताको फाइनल खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको संयुक्त सचिव सुरेशचन्द्र दर्नालले गत ३१ अगस्तदेखि शुरु भएको अन्तर तीनधारे महानदी समष्टी स्तरीय क्यारम बोर्ड प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको जानकारी गराएका छन्। उनले यो समष्टी स्तरीय क्यारम बोर्ड प्रतियोगिता स्व हरिप्रसाद छेत्री सरको स्मरणमा वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको आयोजनामा आयोजना गरिएको र यसको मुख्य उद्देश्य हरिप्रसाद छेत्री सरको योगदान र कार्यहरूलाई स्मरण गरिरहन साथै युवाहरूलाई खेलप्रति आकर्षित गराउन यस्तो प्रतियोगिता आयोजना गरिएको बताएका छन्।

उनले हरिप्रसाद छेत्री सर राष्ट्रिय शिक्षक सम्मानले सम्मानित हुन् र उनले शिक्षा क्षेत्रमा मात्र होइन तर सामाजिक र खेलकूद क्षेत्रमा पनि प्रशस्त योगदान दिएको बताउँदै उनको योगदानलाई स्मरण गर्दै य प्रतियोगिता आयोजना गरिएको जानकारी गराएका छन्। दर्नालले यस प्रतियोगिताक लागि स्व हरिप्रसाद छेत्रीको सुपुत्र एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले धेरै सहयोग गरेको बताउँदै आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement