भद्रपुर: सप्तरीको बोदे बर्साईन नगरपालिका -५ स्थित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय बोदे बर्साईनले आउँदै गरेको वडा दशैको लागि १५ हजार मुल्य बराबरको २५ थान टिसर्ट प्रदान गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय बोदे बर्साईनले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको लोगो अंकित उक्त टिर्सटहरु सहयोग गरेको हो। रविबार एक कार्यक्रमका बीच शुभकामना आदानप्रदान अन्तरगत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय बोदे बर्साईनका प्रमुख राम कुमार साह, दुर्गा पुजा समिति बोदे बर्साईनका अध्यक्ष प्रमोद कुमार साह, उपाध्यक्ष राज कुमार यादव, सचिब उमेश कुमार साह, सदस्य आशुतोष यादव लगायतको उपस्थितिमा टिसर्ट प्रदान गरेको छ। पुजा समितिका अध्यक्षद्वारा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय बोदे बर्साईनका प्रमुख राम कुमार साह र कर्मचारी बिरेन्द्र कुमार यादवलाई धन्यवाद ज्ञापन गर्दै समान गरेका छ्न्।