अमेरिकामा नेशनल क्रिकेट लीगको स्वामित्व ग्रुपमा सामेल भए सचिन तेन्दुलकर

IMG-20241006-WA0187

वाशिंगटन: महान क्रिकेटर सचिन तेन्दुलकर अमेरिकाको नेशनल क्रिकेट लीग (एनसीएल)-को स्वामित्व ग्रुपमा सामेल भएका छन् अनि यस कदमले आउँदो सालहरूमा अमेरिकामा खेलको लोकरप्रियता बढ़्ने आशा छ। एनसीएल-ले सचिन सामेल भएको घोषणा गरेपछि यस महान ब्याटरले भने, क्रिकेट मेरो जीवनको सबैभन्दा ठूलो यात्रा रहेको छ अनि म अमेरिकामा खेलको निम्ति यस रोमाञ्चक समयमा नेशनल क्रिकेट लीगमा सामेल भएर खुशी छु। सचिनले भने, एनसीएल-को उद्देश्य विश्व स्तरीय क्रिकेटको निम्ति मञ्च तयार गर्नु अनि प्रशंसकहरूका नयाँ पीढ़ीलाई यस खेलमा सामेल हुन प्रेरित गर्नु हो। म यस नयाँ पहलको हिस्सा बनेर अनि अमेरिकामा क्रिकेटको विकासलाई प्रत्यक्ष रूपमा हेर्न उत्सुक छु।
मीडिया विज्ञप्ति अनुसार, एनसीएल टुर्नामेण्टको उद्घाटन समारोहमा गायक मीका सिंहले आफ्नो कार्यक्रम पेश गर्नेछन्। यस सीजनको एनसीएल-मा सुनिल गावस्कर, जहीर अब्बास, वसीम अकरम, दिलीप भेंगसरकर, सर भिभियन रिचर्ड्स, भेंकटेश प्रसाद, सनत जयसूर्या, मोइन खान र जेम्स फ्रेंकलिन जस्ता दिग्गज खेलाड़ीहरू सामेल हुनेछन्। क्रिकेटका यी नायकहरूले आउँदो पीढ़ीका खेलाड़ीहरूलाई मार्गदर्शन र कोचिंग दिनेछन्। यसमा विश्वभरिका शीर्ष खेलाड़ीहरू शाहिद अफरीदी, सुरेश रैना, दिनेश कार्तिक, शाकिब अल हसन, रोबिन उथप्पा, तबरेज शम्सी, क्रिस लिन, एञ्जेलो म्याथ्यूज, कोलिन मूनरो, सेम बिलिंग्स, मोहम्मद नबी र जनसन चार्ल्स पनि सामेल हुनेछन्। एनसीएल-का अध्यक्ष अरुण अग्रवालले भने, हामी सचिन तेन्दुलकरलाई नेशनल क्रिकेट लीग परिवारमा स्वागत गर्दै धेरै उत्साहित छौं। मीडिया विज्ञप्ति अनुसार, सचिनले एनसीएल-को शुरुवाती सीजनमा विजेता टीमलाई ट्रफी प्रदान गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement