पाक्योङ: अन्तर्राष्ट्रिय बालिका दिवस मनाउनका साथसाथै ‘छोरी बचाऊ छोरी पढाऊ’ अभियानअन्तर्गत आज एकलव्य मोडेल रेसिडेन्सियल स्कूल, थेकाबोङ पराखामा सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रमको शुरुवात उपनिर्देशक/समाज कल्याण अधिकारी श्रीमती डिकित लेप्चाले स्वागत वक्तव्य साथै परिचय दिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालिकाहरुको सशक्तिकरणको महत्व, उनीहरुको मौलिक अधिकार, सुरक्षा र लैङ्गिक भेदभावका चुनौतीहरु बारे जोड दिइन्। उनले ‘छोरी बचाऊ छोरी पढाऊ’ अभियानबारे जनचेतना जगाउने वाचा गरिन्।

समाज कल्याण निरीक्षक कर्मा नवाङ शेंगाले ‘छोरी बचाऊ छोरी पढाऊ’ योजना कसरी र किन प्रारम्भ गरियो भन्ने बारेमा अन्तर्दृष्टिपूर्ण वक्तव्य प्रस्तुत गर्दै बालिकाहरूको संरक्षण र संरक्षणको महत्वलाई प्रमुखता दिइन्।

थप रूपमा सुश्री नुजोङ्मित लेप्चा, डिस्ट्रिक चाइल्ड हेल्प हेल्पलाइन एकाई, पाक्योङका परियोजना संयोजकले विद्यार्थीहरूलाई सुरक्षित र असुरक्षित स्पर्श, जुभेनाइल जस्टिस एक्ट, चिल्ड्रेन इन् नीड अफ् केयर एण्ड प्रोटेक्सन (सीएनसीपी), चाइल्ड वेलफेयर कमिटी, चिल्ड्रेन इन कन्फ्लिक्ट विथ द् ल, एण्ड सब्स्ट्यान्स एब्युज बारेमा जानकारी दिए। उनले चाइल्ड हेल्पलाइन नम्बर १०९८ लाई प्रकाश पारिन्, जुन बालबालिकाहरूका सुरक्षाका लागि चौबीसै घण्टा सक्रिय रहने नि:शुल्क टेलिफोन परिसेवा हो।

सुश्री लेप्चाले बालिकाहरूको संवैधानिक अधिकार, सामाजिक सञ्जाल सचेतना, बालिकाको विवाहको कानुनी उमेर, पोक्सो ऐन, जुनसुकै रुपमा हुने दुर्व्यवहार र साइबर अपराधका बारेमा पनि जानकारी दिइन्। डब्ल्यु एण्ड डीडीका अधिकारीहरूले विभागका सेवाहरूबारे थप जानकारीका लागि पर्चाहरू वितरण गरे। यस बारेमा महिला तथा बाल विकास विभागबाट प्रेस विज्ञप्ति जारी गरेको छl