अवरुद्ध मध्य पहाडी लोक मार्ग तीन दिनपछि खुल्यो

IMG-20241006-WA0167

भद्रपुर: अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध मध्य पहाडी लोक मार्ग तीन दिनपछि खुलाइएको छ। हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध भएको सडक नगरपालिका र मध्य पहाडी लोक मार्गको एक्स्काभेटर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि खुलाइएको हो।
हलेसी–जयराघाट सडक खण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरु मारे मुनि, त्यसभन्दा मुनि डौँठे खोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement