भद्रपुर: दसैँ नजिकिएसँगै भारतीय सीमावर्ती बजारमा नेपालीहरूको भीड लाग्न थालेको छ। रविवार पूर्वी सिमाना नजिक रहेको भारतीय बजार पानीटेंकीमा नेपालीहरूको भीड लागेको हो। नेपालीहरूको भीडका कारण नेपाल-भारत सीमामा पर्ने मेची पुलमा जाम लागेको छ। भारतीय बजारमा सामान सस्तोमा पाइने भएकाले नेपालीहरू किनमेलका लागि त्यतातिर जाने गरेका छन्।