एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते

IMG-20241006-WA0161

भद्रपुर: दाङको तुलसीपुरबाट सल्यान हुँदैआज रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
रविबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा.प्र ०३-००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका-७ डाँडापातुवा सडकमा अनियन्त्रित भई स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको थियो। गाडी केही भाग कोठाभित्रै छिरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए।
दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका छन्। प्रहरी इन्स्पेक्टर थापाका अनुसार माइक्रो चालक रुकुम पश्चिम मुसिकोट नगरपालिका-४ का २५ वर्षीय कुमार सन्यासी , यात्रुहरु सल्यानको शारदा नगरपालिका-७ की २४ वर्षीया कल्पना चलाउने, उनकी ८ वर्षीया छोरी निर्मला चलाउने, घर भाडामा बस्दै आएका १२ वर्षीय रणविर नेपाली, सल्यान बागचौर नगरपालिका-७ का २७ वर्षीया सपना चलाउने, जाजरकोटको भेरी नगरपालिका -४ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गाबहादुर विक घाइते भएका छन्।
गाडीमा कुल ९ जना यात्रारत रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी इन्स्पेक्टर प्रकाश थापाका अनुसार घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा उपचार भइ रहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement