जलपाईगढी: पूजा आयोजक क्लबहरूले आरजी कर पीडितले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छन्। जलपाईगढीमा दुर्गा पूजाको समयमा पनि अनौठो तरिकाले विरोध जारी रहनेछ। जलपाईगढीको वार्ड नम्बर २४ विवेकानन्द पाडामा रहेको संघमित्रा क्लबले आगामी सप्तमीदेखि नवमीसम्म हरेक साँझ ७ बजेदेखि ७:१० बजेसम्म पूजा पण्डलका सबै बत्ती १० मिनटका लागि बन्द गर्ने निर्णय गरेको छ। तिलोत्तमा (आरजी कर पीडित)लाई श्रद्धाञ्जली अर्पण गर्दै बलात्कारी र हत्यारालाई कारबाही गर्न माग हुनेछ। प्याभिलियन भित्र आपतकालीन बत्ती बल्ने भएता पनि माइक म्युट गरिने छ। तिलोत्तमाको आत्माको शान्तिको कामना र दोषीलाई कारबाही गर्न माग गर्दै दश मिनटसम्म प्रदर्शन गरिने भएको छ। यस दश मिनटको लागि सबै छिमेकी जनतालाई विशेष गरी आमा दिदीबहिनीलाई पुजा पण्डल अगाडि हातमा मैनबत्ती लिएर तिलोत्तमाको सम्झना गर्न अनुरोध गरिएको क्लबका सदस्यहरुले बताएका छन्, यो आन्दोलनमा सहभागी हुन आग्रह समेत गरेका छन्। ताकि आरजी कर मुद्दामा छिटो न्याय दिन सकोस् भन्ने उनीहरूको माग रहेको छl पूजाको विषय प्रकृति संरक्षण रहेको पुजा समितिका सल्लाहकार अमलन मुन्शीले बताए। उनले भने, ‘तर अहिले हामीसँग आरजी करको दुखद हत्या प्रकरण छ, र अहिलेसम्म यस घटनाका दोषीलाई कारबाही भएको छैन। त्यसैले हामी यसरी आन्दोलनमा जाँदैछौँ।‘