गान्तोक: बेटी बचाऔ बेटी पढाऔ पहल अन्तर्गत जागरूकता कार्यक्रमका साथै अन्तरराष्ट्रिय बालिका दिवस र गत २ अक्टोबरदेखि ११ अक्टोबरसम्म चल्ने १० दिवसीय विशेष
कार्यक्रम आज पाकिम जिल्लाको लिङ्केस्थित बहाई विद्यालयमा आयोजना गरियो।
कार्यक्रममा सामाजिक कल्याण अधिकारी एवम् उप निर्देशक डिकित लेप्चाले सम्बोधन गर्दै महिला सशक्तिकरणको महत्त्व, उनीहरूको मौलिक अधिकार, सुरक्षा र लैङ्गिक भेदभावबारे जानकारी गराइन्। उनले ‘बेटी बचाओ बेटी पढाओ’ बारे जनचेतना फैल्याउनु पर्ने सबैलाई आग्रह गरिन्।
सोही क्रममा सामाजिक कल्याण अधिकारी शिशिर शर्माले योजना र महिला सशक्तिकरणको महत्वमाथि प्रकाश पारे। यसरी नै परियोजना समन्वयक नुजोङमित लेप्चाले विद्यार्थीहरूलाई गुड टच र ब्याड टच, जिल्ला चाइल्डलाइन हेल्पलाइन युनिट आदि विषयमा जानकारी गराइन्।