मुख्यमन्त्रीको अध्यक्षतामा सिक्किम काउन्सिल अन एड्सको पहिलो बैठक

IMG-20241005-WA0292

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा सिक्किम काउन्सिल अन एड्सको पहिलो बैठक सम्पन्न भएको छ। शनिवार चिन्तन भवनमा आयोजित बैठकमा काउन्सिलका उपाध्यक्ष तथा स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेल, काउन्सिलका अन्य सदस्य, सिक्किम राज्य एड्स नियन्त्रण सोसाइटी तथा एड्स निवारण कार्यक्रमसँग सम्बन्धित हितधारकहरूको उपस्थिति रहेको थियो। एचआईभी एड्ससँग सम्बन्धित कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै २०३० भित्र यस रोगमाथि नियन्त्रणको लक्ष्यकासाथ सिक्किम काउन्सिल अन एड्सको गठन २०२१-मा भएको थियो। मुख्यमन्त्री पीएस गोले स्वयं अध्यक्ष रहेको यस काउन्सिलको पाहिलो बैठक आज सम्मान भवनमा आयोजन गरिएको थियो। यस अवसरमा एड्स निवारण सम्बन्धित भइरहेका कार्यक्रममा कार्यक्रम प्रभावी ढङ्गमा अघि बढाउनका लागि गरिनुपर्ने कार्यबारे चर्चा भएको छ। बैठकले अहिलेसम्म आयोजिक कार्यको समीक्षा गरेको साथै भविष्यका रणनीतिक पहलबारे पनि छलफल गरेको छ। बैठमा बौल्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यमा स्वास्थ्य सेवामा बुनियादी ढाँचालाई मजबूत गराउँदै एचआईभी रोकथाम, रोगीहरूलाई सहयोग र उपचार समान रुपले सुनिश्चित गर्न सरकारका प्रतिवद्धतामाथि प्रकाश पारे। उनले यसको नियन्त्रण र रोकथामका लागि व्यापक जागरुकता अभियानको सञ्चालन गर्नुपर्ने पनि बताएका छन्। राज्यका एचआईभी एड्स रोगीहरूको सहयोगमा प्रतिवद्धताका साथ थप आवश्यक काम गर्ने बताउँदै एड्स रोगीहरूको देखभाल र सेवा सुनिश्चित गर्नका लागि सञ्चालित केयरिङ सेन्टरमा केन्द्रिय सहयोग बन्द भए त्यसलाई राज्य सरकारले निरन्तरता दिने मुख्यमन्त्रीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement