रोङगेक जेलका बन्दीहरूलाई पुस्तक उपहार

IMG-20241005-WA0289

गान्तोक: सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको ८४औं जन्म जयन्तीको अवसरमा प्रेस क्लब अफ् सिक्किमको पहलमा आज रोङगेक जेलका बन्दीहरूको निम्ति पुस्तक प्रदान गरियो। प्रेस कल्ब अफ् सिक्किमका अध्यक्ष भीम रावतको नेतृत्वमा गएको टोलीमा कार्यकारिणी सदस्यहरूलगायत सूचना एवं जनसम्पर्क विभागकी डीआइओ सरोजिनी सुब्बा पनि सामेल रहेकी थिइन्। पीसीएसको उक्त पुस्तक जेलका उप जेलर छिरिङ लेप्चालाई जेलका अन्य अधिकारीहरूको उपस्थितिमा प्रदान गऱ्यो। उल्लेखनीय छ, पीसीएसको पहलमा वर्ष २००७ मा पनि रोङगेक जेलका वन्दीहरूको पनि पुस्तकालयमा राख्नको निम्ति पुस्तक प्रदान गरिएको थियो। त्यस समय पीसीएसका अध्यक्ष सीडी राईले नेतृत्व गरेका थिए। जेलमा पुस्तक प्रदान गर्नको निम्ति नेपाली साहित्य परिषद, निर्माण प्रकाशण, परि प्रकाशण र जनप्रकाशनले कूल २ सयवटा पुस्तक प्रदान गरेकोमा पीसीएसले कृतज्ञता प्रकट गरेको छ। यस अवसरमा पीसीएसका अध्यक्ष भीम रावतले भने, “वर्ष २००७ मा पुस्तकालय स्थापना गरेपछि पुस्तकालयमा खासै योगदान पुऱ्याउन सकेको थिएन्। पुस्तकालयलाई अद्यावधिक गर्ने उद्देश्यले पीसीएसले पुस्तकहरू दान गर्ने सोच बनाएको छ। भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई मान्यता दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको जन्मजयन्तीमा जेलमा रहेका बन्दीहरूलाई नेपाली भाषामा लिखित पुस्तक प्रदान गरिएको हो। उपजेलर टेन छिरिङ लेप्चाले पुस्तक प्रदान गरेकोमा पीसीएसप्रति आभार व्यक्त गर्दै विशेषगरी नेपाली भाषामा पुस्तक दान र स्तरोन्नति आवश्यक रहेको र केन्द्रीय कारागारका बन्दीहरूको लागि लाभदायक हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement