किवी उत्पादकलाई प्रोत्साहन दिन अधिकारीको फार्म भ्रमण

IMG-20241005-WA0288

गेजिङ: गेजिङ जिल्लाको वागवाणी विभागका अतिरिक्त निर्देशक लगायत अन्य अधिकारीहरूले किवी खेतीमा उत्कृष्ट उत्पादन गर्दै आएका बुद्धहाङ सुब्बाको किवी फार्मको निरीक्षण गऱ्यो। बुद्धहाङ सुब्बा एक प्रगतिशील साथै कठोर परिश्रम गर्ने कृषक हुन्। उनले वर्ष २००८ देखि किवीको खेती शुरू गरेका हुन् भने उनलाई बागवानी विभागबाट बिरुवा, ट्रेलिस, जैविक मल र प्राविधिक सहयोग उपलब्ध गराइएको थियो। हाल करिब १ सय किवीका बिरुवामा फल फलिरहेको छ र उनले वार्षिक करिब ५ देखि ६ क्विन्टल किवी फल काटेर एफपीओ, स्थानीय बजार, स्थानीय ग्राहक र पर्यटकलाई बिक्री गर्दै आइरहेका छन्। उनले किवी फलफूल बेचेर वार्षिक २.५ लाखदेखि ३ लाखसम्म आम्दानी गरिरहेको जानकारी गराइएको छ। उत्पादन प्रोत्साहन सहयोगको लागि समयमै इनपुटहरू उपलब्ध गराउनुका साथै अन्य किसानहरूलाई पनि ठूलो मात्रामा किवी खेती गर्न र उनीहरूको बाँझो जमीनको उपयोग गर्न प्रोत्साहन गरेकोमा बागवानी विभाग उनी प्रति आभारी रहेको छ। उनले आफ्नो कामको कदर गरेको र सिक्किमका राज्यपालको हातबाट प्रशंसा पत्र प्राप्त गरेकोमा जिल्ला प्रशासन, गेजिङलाई धन्यवाद दिएका छन्। खेतीपाती पेशामा विशुद्ध रूपमा आफ्नो सेवा समर्पित गर्नका साथै आफ्नो खेतमा जाने विद्यार्थीहरूलाई पढाउने गरेकाले उनी अहिले कृषक समुदायका लागि प्रेरणाका स्रोत बनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement