ईंग्ल्याण्डका नियमित कप्तान बेन स्टोक्स पहिलो टेस्टबाट बाहिर

IMG-20241005-WA0285

लण्डन: ईंग्ल्याण्ड टेस्ट टीमका नियमित कप्तान तथा स्टार अलराउण्डर बेन स्टोक्स पाकिस्तानविरुद्ध ७ अक्टोबरदेखि मुल्तानमा शुरु हुने पहिलो टेस्ट म्याचबाट बाहिर भएका छन्। उनी ह्यामस्ट्रिंगको चोटबाट मुक्त हुन सकेका छैनन्। त्यही चोटले गर्दा उनी श्रीलंकाविरुद्ध तीनवटा टेस्ट म्याचको सीरीजबाट पनि बाहिर रहेका थिए। मुल्तानमा टीमसँग अभ्यास गरे पनि स्टोक्सले पहिलो टेस्ट म्याच खेल्ने छैनन्। पहिलो टेस्टमा ओली पोपले टीमको कप्तानी गर्नेछन्। स्टोक्सले भने, मैले यस म्याचअघि आफूलाई फिट गर्ने पूरा प्रयास गरे तर अन्तमा म्याच छोड़्ने फसेला गरे। म यस म्याचको निम्ति सम्पूर्ण रूपले तयार छुइनँ। अहिले मेरो शरीर टेस्ट म्याचको निम्ति तयार छैन। यसैकारण पछि हट्न वाध्य भएँ। अब १५ अक्टोबरदेखि शुरु हुने दोस्रो टेस्टमा खेल्ने सम्भावनाबारे स्टोक्सले भने, केही पक्का छैन। मैले मेडिकल टीमको साथमा कठोर मेहनत गरे। अब दोस्रो टेस्टको निम्ति आफूलाई फिट गर्न म आउँदो १० दिन पनि कठोर मेहनत गर्नेछु। स्टोक्स खेल्न उपलब्ध नहुँदा पेस बलर ब्रायडन कार्सेले आफ्नो टेस्ट पदार्पण गर्नेछन्। उनी यस साल ईंग्ल्याण्डको निम्ति टेस्ट पदार्पण गर्ने छैटौं खेलाड़ी बन्नेछन्।
पहिलो टेस्ट म्याचको निम्ति ईंग्ल्याण्डको अन्तिम एकादशः
ज्याक क्रली, बेन डकेट, ओली पोप (कप्तान), जो रुट, ह्यारी ब्रूक, जेमी स्मिथ (विकेटकीपर), क्रिस वोक्स, ब्रायडन कार्स, ज्याक लीच, शोएब बशीर रगस एटकिन्सन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement