आरजी करमा घटनाको दिन अस्पतालमा चारजना पुलिसकर्मी तैनाथ थिए

03_10_2024-rg_kar_medical_college_23809211

काेलकाता: आरजी कर मेडिकल कलेज एवं अस्पतालमा भएको गत नौ अगस्तको दुःखदायी घटनासित सम्बन्धित मामिलामा चारजना पुलिसकर्मी सीबीआईको जाँचको घेराभित्र परेका छन्। यी पुलिसकर्मीहरूमा एकजना महिला पुलिसकर्मी पनि सामेल छन् जो गत नौ अगस्तको बिहान अस्पतालमा ड्यूटीमा तैनाथ थिए।
अब सीबीआईले यी पुलिसकर्मीहरूसित जाँचबुझ गर्नेछ।
घटनास्थलमा मृतक डाक्टरको लाश अस्पतालको सेमिनार हलमा पाइएको थियो। सीबीआई सूत्र अनुसार यी पुलिसकर्मीहरूको बयान यस मामिलामा अत्यन्त महत्वपूर्ण मानिँदैछ, किनभने यसबाट यो स्पष्ट हुनसक्छ कि लाश भेटिएपछि प्रमाणहरूसित कुनै प्रकारको छेड़छाड़ भएको थियो कि थिएन। यी पुलिसकर्मीहरूसित पहिला पनि जाँचबुझ भइसकेको छ।यसबीच सीबीआईका अधिकारीहरूले आर.जी. कर अस्पतालमा रहेको सीसीटीभी फुटेजको गहन अध्ययन गरिरहेका छन् जुन उनीहरूलाई कोलकाता पुलिसबाट प्राप्त भएको छ। कोलकाता पुलिसले यस मामिलाको प्रारम्भिक जाँच गरेको थियो। जाँच अधिकारीहरू समक्ष चुनौती यो पनि छ, के सीसीटीभी फुटेजमा कुनै प्रकारको छेड़छाड़ गरिएको छ कि छैन। गए शुक्रवार सीबीआईले कोलकाताको एक विशेष अदालतलाई बतायो, शुरूमा यस मामिलालाई आत्महत्याको रूप दिने प्रयास गरिएको थियो। अहिलेसम्मको जाँचमा यो स्पष्ट भइसकेको छ कि पूर्व प्रिन्सिपल सन्दीप घोष अनि पूर्व थानाध्यक्ष अभिजीत मण्डलले यस मामिलाको जाँच गर्ने क्रममा प्रमाणहरूसित छेड़छाड़ गर्ने षड़यन्त्र रचेका थिए। हाल सीबीआईले उनीहरूको सहयोगीहरूलाई पहिचान गर्ने प्रयास गरिरहेको छ जसले प्रमाणहरूलाई छेड़छाड़ गर्नमा उनीहरूलाई साथ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement