जोगीघाटमा समाजसेवक  बिक्रम राईले गरे नयाँ शौचालयको उद्घाटन

WhatsApp-Image-2024-10-05-at-20.02.22

मंग्पू: जोगीघाट सरर्भाईलेन्स वेलफ्यार सोसाईटीद्वारा निर्माण गरिएको शौचालयको उद्घाटन समाजसेवक बिक्रम राईको बाहुलीबाट गरियो। जोगीघाटमा जीर्ण अवस्थामा रहेको शौचालयलाई  बिक्रम राईले आर्थिक सहयोग गरेपछि  स्थानीय जोगीघाट सर्भाईलेन्स वेलफ्यार सोसाईटीले नयाँ रुपमा सिटोङ २ जोगीघाटमा शौचालय उद्घाटन गरेपछि बिक्रम राईले उक्त कमिटीलाई यसको चाबी सुम्पिए। जोगीघाट सर्भाईलेन्स वेलफ्यार सोसाईटीका सचिव दिपेश मुखियाले बिक्रम राईलाई आन्तरिक हृदयबाट आभार व्यक्त गरे। अब उक्त समितिले एकजना मान्छे  राखेर पे-ट्वाइलेट शुरु गर्ने समितिका सचिव  मुखियाले जानकारी  दिए।

सर्भाईलेस समितिका सचिव मुखियाले  जोगीघाटमा निर्माण हुन लागीरहेको जोघीघाट झोलुंगे पुलको नाम बिक्रम राई रिभर ह्याङगीङ ब्रीज राखिनुपर्ने  प्रस्ताव आजको कार्यक्रममा राखे। बिक्रम राईले दार्जीलिङमा पहिले ३४ प्रतिशत भन्दा अधिक पश्चिम बंगालदेखि बाहिर देश विदेशबाट पर्यटकहरु आउने गर्थ्यो भने अहिले  बाहिरका पर्यटकहरुको आगमनको संख्या एकदमै कम्ती रहेको बताएl बाहिरका पर्यटकहरुलाई दार्जीलिङ भित्र्याउनको निम्ति देशका विभिन्न ठाउँमा गएर कार्य गर्नुपर्ने र अतिथिको सत्कारमा ध्यानदिन पर्ने कुरा बिक्रम राईले जोड दिएl

उनले यस शौचालयको अवस्था पहिले जीर्ण  रहेको बताउँदै अहिले यस शौचालयमा बिजुली गरेर खानेपानीको व्यस्था गरेर एकदमै सुन्दर प्रकारले नवणीकरण गरेर जोगीघाट सरर्भाईलेन्स  वेल्फ्यार सोसाईलाई आजदेखि संचालनको निम्ति सुम्पिएको कुरा बिक्रम राईले बताए। सिटोङ युनाइटेड  होमस्टे एसोसिएसनका सक्रिय सदस्य डिगेल लेप्चाले कार्यक्रमलाई सम्बोधन गर्दै आज बिक्रम राई र जोगीघाट सरर्भाईलेन्स वेलफ्यार सोसाईटीको प्रयासमा यसै परिसरमा एउटा राम्रो शौचालय निर्माण भएपछि यसले  पर्यटकहरुलाई धेरै सुविधा हुने बताए।

दार्जीलिङबाट आएका टुरिजम अनि ट्रान्सफरटका सभापति  अभिराजले पहाडको कुनै पनि शौचालयहरुमा अहिलेसम्म  चेनजीङ रुम नभएको तर आज  यस  ठाँउमा नवनिर्मित शौचालय भित्र  पुरुष र महिलाको शौचालयसँगै चेनजीङ रुमको सुविधा भएको हुनाले पर्यटक साथै स्थानीय मानिसहरूलाई ठूलो सहयोग हुने बताए। संस्थाका सभापति सावन मुखियाले उपस्थित सबैलाई आभार व्यक्त गर्दै धन्यवाद जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *