अलिपुरद्वार: अलिपुरद्वार पुगेपछि भाजपा नेता शुभेन्दु अधिकारीले फेरि एक पटक राज्य सरकारलाई हमला गरे। ‘आरजी घटनाबाट राज्य सरकारले पाठ नपाएकाले यस राज्यमा महिला र केटीहरू सुरक्षित छैनन्l त्यसैले राज्यका पुलिस मन्त्रीको तत्काल राजीनामाको माग गर्दछु’, शुभेन्दु अधिकारीले स्वतन्त्रता सेनानी मेजर दुर्गा मल्ल र अलिपुरद्वारको काल्चिनी ब्लकको भाटपाडा चिया बगानमा बिरसा मुण्डाको शालिग अनावरण गर्दै भने। यसबाहेक शुभेन्दुले आफ्नो भाषणमा बंगलादेशमा भएको घटनाको पनि उल्लेख गरे। उनले बंगलादेशको चटगाउँ पहाडी क्षेत्रमा आदिवासीहरूमाथि हुने अत्याचारलाई सबैका अगाडि उठाए। यस दिन शुभेन्दुसँग मञ्चमा सांसद मनोज तिगाना, सांसद राजु विष्ट, गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरी, विधायक विशाल लामा, मनोज उराउँलगायतको उपस्थिति रहेको थियो।