स्मार्ट मिटर जड़ान जनताको हितमा हुनुपर्छ अनि यसबारेमा जनतालाई सचेत गराउनु आवश्यक छ: राजेस गुरुङ

IMG-20241005-WA0274

दार्जीलिङ: स्मार्ट मिटर जडानलाई केन्द्र गरी व्याप्त अन्योलताबारे बंगाल इलेक्ट्रीसिटी कन्ज्युमर एसोसिएशन दार्जीलिङ जिल्ला समितिद्वारा जिल्लापाल, विद्युत विभागीय अधिकारीलगायत जीटीएलाई पत्रचार गरिएको सभापति राजेश गुरूङले जानकारी गराएका छन्। उनले
विशेष प्रस्तावित स्मार्ट मिटर लगाउँदा हुने फाइदा वा नोक्सानीबारे आम उपभोक्ताहरूलाई जनाएको हुनपर्ने एसोसिएशनको माग रहेको बताए। जिल्ला समिति पदाधिकारीहरुले अर्कोतिर स्मार्ट मिटरको जडानपछि कर्मचारीहरूको नोकरी खतरामा पर्नजाने विषयमाथि पनि चिन्ता प्रकट गरेका छन्। यस विषयमा दार्जिलिङ प्रेस गिल्डमा पत्रकारहरूसित कुराकानी गर्दै राजेस गुरुङले मीटर जड़ान विषयमा विभिन्न राज्यको आफ्नो आफ्नो नियमहरू हुने गरेको तथा उपभोक्ताहरूले यस विषयमा सठीक जानकारी हुनुपर्छ र यस विषयमा आम जनता र उपभोक्ताहरूलाई सठीक जानकारीको लागि सचेत गराउनु आवश्यक रहेको बताएका छन्। उनले मीटर जड़ानको कार्य जनताको हितमा हुनुपर्छ भनी बताउँदै गरीबहरूले पनि बिना चार्ज मिटर लगाउनु पाउनुपर्छ भनी बताएका छन्। उनले यसको साथै बिमारीहरूले पनि लगाएको अवस्थामा के कस्तो प्रवाधानहरू छन् ती सबैको जानकारी हुन आवश्यक छ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement